


काठमाडौं / नेकपा एमालेले आफ्नो नेतृत्वको सरकार ढाल्न हस्ताक्षर गर्ने र विपक्षी गठबन्धनमा लाग्ने आफ्ना थप १२ जना नेतालाई पनि स्पष्टीकरण सोधेको छ ।
एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र पार्टी निर्णय बिरुद्द लाग्ने विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
झलनाथ र माधव नेपालसहित ११ जनालाई निष्कासन गरेपछि बाँकी रहेका १२ जनालाई पनि कारवाही अघि बढाइएको हो ।
स्पष्टिकरण सोधिनेमा निवर्तमान सांसद यसप्रकार छन् :
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
घनश्याम भुसाल
सोमप्रसाद पाण्डे
कृष्णलाल महर्जन
झपट रावल
भवानी प्रसाद खापुङ
यज्ञ सुनुवार
सुरेन्द्र पाण्डे
मेटमणि चौधरी
दिपक प्रकाश भट्ट
नारायण खतिवडा
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1