• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समूह गठन,समुहले कोभिडमुक्त वडा बनाउन पहल गर्ने

गोविन्द शर्मा तिमल्सिना२०७८ जेष्ठ १२ गते, बुधबार २१:१३ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी- कोभिड संक्रमितको संख्या बढ्दै गए सँगै वडा नम्बर ३ लक्ष्यित गरि मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समूह गठन भएको छ ।

वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा आज भएको भेलाले वडाध्यक्षताको संयोजकत्वमा वडाका जनप्रतिनिधि सदस्यहरु , स्वास्थ्यकर्मी , सहकारीकर्मी , सुरक्षाकर्मी , पत्रकार लगायत संलग्न रहनेगरी एक समूह तयार गरिएको हो ।

भेलाले वडा नम्बर ३ का स्वास्थ्य प्रमुख उमेश अधिकारीको संयोजकत्वमा आकस्मिक उद्दार समुह गठन गरेको छ । समुहको सदस्यहरुमा ईलाका प्रहरी कार्यालय मकवानपुरगढी मक्रान्चुलीका प्रमुख जनकराज कार्की , संचारकर्मी गोविन्द शर्मा , जनप्रतिनिधि र संम्बन्धित टोलविकास संस्थाका संयोजक रहनेछन् ।

यसैगरी भेलाले युवा ब्यवसायी तेजराज अधिकारीको संयोजकत्वमा राजु सापकोटा , कमल फँयल , निर्मला लम्साल , चन्द्र योन्जन , सन्तोष सापकोटा र विदुर हुमाँगाई सदस्यहरु रहनेगरी ७ सदस्यीय आकस्मिक कोभिड सहायता कोष संकलन तथा राहत वितरण समिति गठन गरेको छ । समितिले संक्रमित परिवारको आर्थिक अवस्थाको मध्यनजर गर्दै सहयोगीहरुबाट आर्थिक संकलन गरि राहत ( औषधि , फलफुल तथा खाद्यान्न ) वितरण गर्नेछ ।

वडा अध्यक्ष विकास निर्माण लगायत विभिन्न गतिविधिमा संलग्न हुनुपर्ने भएकोले कोभिड सम्बन्धि आकस्मिक रिपोर्टिङका लागि उमेश अधिकारीको संयोजकत्वमा जानकी दाहाल सदस्य रहनेगरी दुई सदस्यीय समिती गठन भएको छ । समितिले वडाका विभिन्न टोलबाट प्राप्त सुचना संकलन गरि वडा अध्यक्ष सम्म पुर्याउनेछ ।

कोभिड संक्रमित बिरामीको उपचारका लागि प्लाज्मा आवश्यक पर्न सक्ने भएकाले हालै कोभिड संक्रमणबाट मुक्त भएकाहरुको विवरण संकलन गरि आवश्यक समन्वय गर्नका लागि स्वास्थ्यकर्मी उमेश अधिकारीको संयोजकत्वमा ३ सदस्यीय प्लाज्मा बैंक उपसमिति गठन भएको छ । समितिमा गंगा हुमागाई र राजु सापकोटा सदस्य रहेका छन् ।

वडामा कोभिड प्रभावितको संख्या बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि विभिन्न जनचेतना सहितको सुचना अटोको माध्यमबाट टोल-टिलसम्म माईकिङ गर्ने , रेडियो मकवानपुरगढी, अनलाइन पत्रीका शुभ बिहानी डटकमबाट सन्देशमुलक सुचना प्रसारण गर्ने तथा संक्रमित परिवारको घरमै गएर आवश्यक मनोवैज्ञानिक सेवा प्रदान गर्ने निर्णय भएको छ ।

वडाका विभिन्न स्थानमा अनावश्यक रुपमा मानिसहरुको जमघट , आवत-जावतमा रोक लगाउने सार्वजनिक स्थानमा साबुनपानीले हात धुने ब्यवस्था मिलाउनुका साथै कोभिडमुक्त वडा बनाउन सबैले आ-आफ्नो स्थानबाट सहयोगी भुमिका निर्वाह गर्ने निर्णय भएका छन् ।

स्थानिय युवा कमल फँयल र तेजराज अधिकारीको विशेष पहलमा मंगलबार भर्चुअल बैठक संचालन गरि वडा अध्यक्ष लगायत सबैको राय-सल्लाहमा भेलाको आयोजना गरिएको हो । आज गठन गरिएको समुहले ३ नम्बर वडामा मात्र सिमित नरही आवश्यक अनुसार अन्य वडाहरुमा पनि कोभिड सम्बन्धमा कार्यक्रम संचालन गर्ने जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

वडा मै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी गाउँपालिकामा जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान

लागूऔषधसहित हेटौंडाबाट युवक पक्राउ

 नेपालमै पहिलो समलिंगी विवाह दर्ता 

विवाह गर्दै श्रृंखला खतिवडा

मकवानपुरगढी-२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमा नै मृत्यु

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.