हेटौंडा / हेटौंडा ११ सहिद स्मारक नजिकमा रहेको तामाङ्ग समुदायले मृत्यु संस्कार गर्ने खुल्ला र अव्यवस्थित स्थानलाई एक मनकारी युवाको अगुवाइमा ट्रसको निर्माण भइ हस्तान्तरण गरिएको छ ।


तामाङ जातिले आफ्नो समुदायले मुत्यु पछि दाह संस्कार गर्ने स्थान खुल्ला र अव्यवस्थित भएपछी हेटौंडा ११ का युवा सामाजसेवी तिर्थ रोक्काले अन्य युवाहरुको सहयोग र समन्वयमा नयाँ ट्रसको निर्माण गरि साेहि स्थानका बुद्धिजिवीहरुलाई हस्तान्तरण गरिएको हो ।
युवा संघ नेपालका केन्द्रिय सदस्य समेत रहनुभएका रोक्काले २५६५ औं बुद्ध जयन्तीको अवसरमा आज ट्रस हस्तान्तरण गरेको बताउनुभयो । उहाँले पराेपकारी मन भएका साथिभाईहरुकाे साथ र सहयाेमा एउटा पुण्य काम गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा कार्यक्रममा जिल्ला बिकास समितिका पुर्ब सभापति रामेश्वर राना, हेटौंडा ११का वडा अध्यक्ष गाेकर्ण पराजुली, युवा संघका स्थाइ कमिटी सदस्य सन्तोष चाैलागई, गाेविन्द पुडासैनी धन बहादुर रुम्बा, श्याम रुम्बा, सन्ताेष बिडारी, अनुप अधिकारी, नवराज ढकाल, विष्णुहरी कप्राैला, राजु पाठक, प्रकाश सापकाेटा र वन समितिका अध्यक्ष बालकृष्ण बिडारी, टाेल विकास संस्थाका अध्यक्ष चन्द्र बहादुर गुरुङ्ग, पुर्ण भक्त लामा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो।