
मकवानपुरगढी- मकवानपुरगढीमा बिहिवार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ जना पुरुष र १ जना महिला रहेका छन् ।
संक्रमित हुनेहरुमा वडा नम्बर ४ का १ जना पुरुष र वडा नम्बर ७ का १ जना महिला १ जना पुरुष रहेका छन् । उनीहरू मध्ये वडा नम्बर ४ का १ जना पुरुष हेटौंडा अस्पतालमा गरिएको PCR परिक्षणबाट संक्रमित देखिएका हुन् भने बाँकी २ जना मकवानपुरगढीमा गरिएको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो ।
यसैगरी गाउँपालिका भरमा आज ६ जना १४ दिन पार गरि संक्रमणमुक्त भएका छन् ।
यो रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट कुल १४५ जना संक्रमित भएका छन् भने आजका दिन सम्ममा ७५ जना १४ दिन पुरागरी संक्रमणमुक्त भएका छन् । यसै गरि आजको दिनसम्ममा ७३ जना सक्रिय संक्रमित रहेकोमा संक्रमित मध्ये ६३ जना होमआईशोलेसन,१ जना संस्थागत आइशोलेशन (गौरीटार) र ३ जना अस्पतालमा ( २ जना हेटौंडा अस्पताल र १ जना CMC भरतपुर) उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।
यसैगरी बिहीबारसम्ममा मकवानपुरगढीका वडा नम्बर ५ र ८ का १-१ जना पुरुष गरि २ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । हेटौंडा अस्पतालमा १ जना र भरतपुरको CMC अस्पतालमा १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
