

काठमाडौं / सरकारले यस आर्थिक बर्षबाट सामाजिक सुरक्षा भत्ता बढाएको छ ।
ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडलले आर्थिक वर्ष २०७८/७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको जानकारी दिनुभयो । सरकारले यसका लागि सरकारले १ खर्ब रुपैयाँ छुट्याएको अर्थमन्त्री पौडलले जानकारी दिनुभयो ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन् । जसमध्ये १७ लाख ३९ हजार ३५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् ।
नेकपा एमाले नेतृत्वको सरकारले आर्थिक बर्ष २०५१/५२ देखि यो वृद्धभत्ताकोबकार्यक्रम संचालन गरेको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र अर्थमन्त्री भरतमोहन अधिकारीले १०० रुपैयाँका दरले बृद्धभत्ता दिन सुरु गर्नुभएको थियो ।