

काठमाडौं / सरकारले सरकारी कर्मचारीको तलव २ हजार रूपैयाँले वृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ का लागि अर्थमन्त्री विष्णु पौडेलले
प्रस्तुत गर्नुभएको आय-व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिनुभयो ।
सरकारले कोभिड-१९ महामारीका कारण तलव बढाउने अनुकूल परिस्थिति नभए पनि सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता बढाउन साउन १ देखि लागू हुने गरी सबै राष्ट्रसेवकको तलवममानमा मासिक २ हजार वृद्धि गरेको अर्थमन्त्रीले पौडेलले जानकारी दिनुभयो ।
अर्थमन्त्रीले पौडेलले सरकारले हालको महंगी भत्तालाई निरन्तरता दिएको पनि जानकारी दिनुभयो ।
उहाँले नेपालका कर्मचारीको तलवमानलाई दक्षिण एसियाका कर्मचारीसँग तादम्यता कायम गर्न तलवमानसम्वन्धी अध्ययन गरी सुझाव पेस गर्न सरकारले ‘पे कमिसन’ गठन गर्ने समेत जानकारी दिनुभयो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1