राजकुमार के.सि.


हेटौंडा / मुलुकमा दोस्रो चरणको कोरोना भाइरसको संक्रमण भइरहँदा हाल कोरोना जित्नेको संख्यामा वृद्धि हुन थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जना कोरोना संक्रमण मुक्त भएका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामै १७ हजार ४ सय ८० जनाको पीसीआर परीक्षण गर्दा ४ हजार १ सय ७८ र २ हजार ४ सय २५ जनाको एन्टिजेन परीक्षणमा ५ सय ८४ जना गरी जम्मा ४ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ।
साथै अघिल्लो दिन आइतबार ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि हुँदा ६ हजार २ सय ५ जना कोरोना मुक्त भएका थिए ।
हालसम्म नेपालमा ५ लाख ७० हजार ९ सय ६० जनालाई संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ४ लाख ४७ हजार ४ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1