
मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुहले कोरोना सङ्क्रमण रोकथाम अभियान अन्तर्गत मंगलबार ३ नम्बर वडाका विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।


जस अनुसार मक्रान्चुली सामुदायिक स्वास्थ्य इकाइलाइ १ थान थर्मलगन र २ थान अक्सिमिटर हस्तान्तरण,मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडलाई १ थान थर्मलगन हस्तान्तरण, इलाका प्रहरी कार्यालय मकवानपुरगढी-३ लाई १ थान थर्मलगन, २०० थान मास्क, ३ लिटर स्यानिटाइजर र केही थान हात धुने साबुन हस्तान्तरण गरिएको छ ।
त्यसैगरी आज नै मकवानपुरगढी वडा नम्वर ४ मा रहेका सक्रिय कोभिड सङ्क्रमित परिवारलाइ वडाध्यक्षको उपस्थितिमा पोषिलो खानेकुरा र स्वास्थ्य सुरक्षा सामाग्री सहितको कोसेली लिइ भेटघाट र आवश्य स्वास्थ्य सुरक्षा सम्बन्धी विमर्श प्रदान तथा समुदायका भिडभाड हुने ठाउँमा कोभिडबाट बच्ने र सङ्क्रमण रोक्ने लगायतका सन्देशमुलक फ्लेक्स ब्यानर झुन्ड्याउने काम सम्पन्न गरिएको र भोलिका दिनमा पनि कामलाई निरन्तरता दिने समुहका सदस्य कमल फुँयालले बताउनुभयो । समुहको कार्यक्रममा सहयोगी मन भएका देश विदेशमा रहनुभएका विभिन्न ब्यक्तिहरुले सहयोग गरिरहनु भएको फुँयालले बताउनु भएको छ ।