राजकुमार के.सी.
थाहा/ थाहा नगरपालिका स्थित सिमभन्ज्याङ्गमा निर्माणाधिन पर्वतिय कृतिमको निर्माणका लागि बागमती प्रदेश सिचाई कार्यालयले डिजाइन स्टमेट तयार गरेको छ ।
कार्यालयले डिजाइन स्टमेट तयार गरेपछि ताल बन्ने पक्का भएपछि यसले थाहा नगरको पर्यटकीय विकासको लागि महत्त्वपूर्ण हुने थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले बताउनु भयो ।
करुणा भुमि सामुदायिक वन उपभोक्ता समितिको पहलमा मकवानपुरको सबैभन्दा अग्लो स्थानमा बिगत ७ बर्षदेखि नै ताल निर्माणको प्रकृयाको थालनी भएतापनि गतबर्ष कात्तिक २७ गते बागमती प्रदेश भौतिक योजना तथा निर्माण मन्त्री रामेश्वर फुँयालको टोलिले स्थलगत अनुगमन गरेर ताल निर्माणको लागि प्रतिबद्दता ब्यक्त गरे अनुसार काम अगाडि बढेको हो ।
थाहानगरपालिकाको महत्त्वपूर्ण पर्यटकीय गन्तब्य दामन सिमभन्ज्याङमा यो तालको निर्माण भएपछि पर्यटकको आकर्षणको केन्द्र बन्ने र हिउदको समयमा ताल तलतिरको क्षेत्रमा पानीको अभाबलाई कम गर्न तालको महत्त्व बढी हुने करुणा भुमि सामुदायिक वनका अध्यक्ष बिनोदकुमार लामाले बताउनुभयो ।
अध्यक्ष लामाले सामुदायिक वनको अवधारणा अनुरुप उक्त क्षेत्रमा पर्या पर्यटन पार्क (मोहिनी कुन्ज) निर्माण गर्न लागिएको र उक्त पार्कको एउटा पाटो यो ताल भएको बताउनुभयो ।
उक्त तालमा लोपोन्मुख असला जातको माछा समेत पालन गरि तालमा बोटिङ र फिसिङ गर्ने ब्यवस्था मिलाई स्थानीय तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना रहेको सामुदायिक वनका उपाध्यक्ष ओमकर बिष्टले बताउनुभयो ।
नगरपालिकाको पर्यटन क्षेत्रको बिकासमा महत्त्वपूर्ण रहेको नेपालकै उच्च स्थानमा निर्मित कृतिम ताल निर्माण सम्पन्न गर्नको लागि आफुले पहल गरिरहेको र सोको लागि नगरपालिकाको तर्फबाट पुर्ण सहयोग गर्ने थाहा नगरपालिकाका प्रमुख लबशेर बिस्टले बताउनुभयो ।
यसैबिच करुणाभुमि सामुदायिक वन उपभोक्ता समुहको पहलमा निर्मानाधिन उक्त पर्वतीय ताल क्षेत्रमा सोमबार सरसफाई गरेका छन । सिमभन्ज्याङ्गका युवाहरुले तालमा बर्षाका कारण पानीको बहावले खोलिएको बाँध मर्मत गरेका हुन । साथै ताल आसपास भएका फोहोरपनि सफा गरिएको बजार ब्यवस्थापन समिति सिमभन्ज्याङका सचिब अमित पाख्रीनले बताउनुभयो ।