
मकवानपुरगढी- सरकारले बालबालिकासँग अग्रपंक्तिमा रहेर काम गर्ने शिक्षकलाई कोभिड विरुद्धको खोप उपलब्ध नगराएको भन्दै तत्काल खोपको ब्यवस्थापन गर्न नेपाल राष्ट्रिय शिक्षक संगठनले मकवानपुरगढी गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
सरकारले सरकारी कर्मचारी , प्रहरी , स्वास्थ्यकर्मी , जनप्रतिनिधि , बैंक तथा सहकारीका कर्मचारी लगायतलाई कोभिड विरुद्धको खोप लगाएको तर साना साना लाखौं विद्यार्थीसँग अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने शिक्षक वर्गलाई खोप कार्यमा संलग्न नगराउनुले सरकार प्रती सोचनीय विषय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्ला भरिका करिब तीन सय जना शिक्षक,विद्यार्थी तथा अभिभावकहरुसँगको जुम बैठकबाट सो निर्णय निर्णय लिइएको पत्रमा उल्लेख गरिएको छ।
जिल्लाका ३ जना शिक्षक सहित हाल सम्म करिब ७७ सय मानिसहरुको कोभिडकै कारण ज्यान गएकोमा संगठनले दु:ख व्यक्त गरेको छ ।
ज्ञापनपत्र गाउँपालिकाको कार्यालयमा पालिका अध्यक्ष विदुर हुमागाईलाई बुझाइएको संगठनका अध्यक्ष शिवप्रसाद लामिछानेले बताउनुभयो ।
