

काठमाडौँ /अमेरिकाले नेपाललाई ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराइदिन अमेरिकी राष्ट्रपति जो बाइडेनलाइ पत्राचार गर्नुभएको थियो ।
अमेरिका स्थित नेपाली दुतावासका अनुसार नेपालले ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन पाउने पक्का भएको जनाएको छ ।
नेपालले कोरोना भ्याक्सिनका लागि अमेरिकी सरकारलाई आग्रह गरे लगतै अमेरिकास्थित नेपाली दुतावासले कुटनीतिक पहल शुरु गरेको थियो ।
अमेरिकाबाट नेपाल सरकारले ५० लाख डोज खरिद गर्न प्रस्ताव गरेको र थप अनुदानका लागि पनि पहल भैरहेको दुतावासले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1