• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

उच्च जोखिममा रहेका संक्रमितको समस्याको समाधान गर्न जिल्ला युवा समितिले समन्वय र सहजीकरण गर्ने

गोविन्द शर्मा तिमल्सिना२०७८ जेष्ठ २१ गते, शुक्रबार १७:१६ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा/ कोरोना संक्रमित बालबालिका, युवा, गर्भवती महिला, शारीरिक अपांगता भएका र जेष्ठ नागरिकको समस्यालाई समाधान गर्नको लागि जिल्ला युवा समिति मकवानपुरले आबश्यक समन्वय र सहजीकरण गर्ने भएको छ ।

मकवानपुर जिल्लामा कोभिड १९ को प्रकोप न्युनिकरण, नियन्त्रण, उपचार र अत्यावश्यक सामाग्रीको उपलब्धताका बारेमा सेवा लिने दिने र विभिन्न निकायगत समन्वयका लागि तत्काल सम्पर्क गरि आबस्यक पहल गर्न जिल्ला युवा समितीद्वारा गठित कोरोना महामारी सुचना तथा सहजीकरण केन्द्रको शुक्रवार बसेको भर्चुअल बैठकले उच्च जोखिममा रहेका कोरोना संक्रमितहरुको समस्याको समाधान गर्नको लागि आबश्यक समन्वय र सहजीकरण गर्ने भएको हो ।

विभिन्न कारणले घरमा आइसोलेसनमा बस्न अप्ठ्यारो भएका कोरोना संक्रमितलाई गौरिटार आइसोलेसनमा पुर्याउन र संक्रमितका समस्याहरुको समाधानको लागि सम्बन्धित कार्यालयको ध्यानाकर्षण गर्ने र जिल्ला युवा समितीको कार्यालयले यसको सहजीकरण गर्ने जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहालले बताउनुभयो ।

बैठकमा जिल्ला समन्वय समितिको प्रमुख रघुनाथ खुलालले जिल्लामा कोरोना संक्रमित बिरामीको चाप कम भएको देखिएता पनि अबस्था अझै जटिल रहेको बताउनुभयो । उहाले कोरोनाको लक्षण देखिनै बित्तिकै टेस्ट गर्न र होम आइसोलनमा बसेका उच्च जोखिम रहेका कोरोना संक्रमितहरुलाइ अस्पतालमा भर्ना हुनको लागि सहजीकरण गर्न जिल्ला युवा समितिलाइ आग्रह गर्नुभयो ।उहाँले ग्रामिण क्षेत्रमा संक्रमणको दरमा उच्च वृद्धि भैरहेकोले स्थितिलाइ भयावह हुन नदिन सबै सचेत र सुरक्षित हुन आग्रह समेत गर्नुभयो ।

गैसस महासंघ मकवानपुरकि उपाध्यक्ष रमिला सापकोटाले संक्रमितले अझै आबस्यकता परेको बेलामा एम्बुलेन्स नपाउने लगायतका धेरै समस्याहरु रहेकाले यसको समाधानको लागि केन्द्रले सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।

सिविन बाल हेल्पलाईनका कार्यक्रम अधिकृत झविन्द्र ज्ञवालीले कोरोना महामारीमा बालबालिका र महिला सबैभन्दा समस्यामा पर्ने भएकाले उनीहरुको वास्तविक अवस्थाको विश्लेषण गरि राहत र उद्धारमा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा रिटर्नी माइग्रेन्ट नेपाल मकवानपुरका अध्यक्ष शिबराज पुडासैनी, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाकि प्रमुख ज्योती महत, नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका रामजी खतिवडा, युवा संघस्ंस्थाको तर्फबाट राजेश नगरकोटी, पुष्कर तिमल्सिना र अभि मैनालीले धारणा राख्नुभएको थियो ।
बैठक जिल्ला युवा समितीका अध्यक्ष शिबहरि दाहालको अध्यक्षत एवं जिसस प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

आज एकदिनका लागि पाटन दरबार सङ्ग्रहालय प्रवेशमा पैसा नलाग्‍ने

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.