काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पार्टी कमिटी र जनसंगठनहरु २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्नुभएको छ ।


अध्यक्ष ओलीले पार्टी एकतालाई सुदृढ र मजबुत बनाउन ६ बुँदे प्रस्ताव गर्दै पार्टी कमिटी र जनसंगठनहरुलाइ २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै पार्टी एकताको आव्हान गर्नुभएको हो ।
अध्यक्ष ओलीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस भन्ने माग सहित सर्बोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएका नेकपा एमालेको निबर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने बिश्वास समेत बिज्ञप्ति मार्फत लिनुभएको छ ।
‘नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् । मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् । सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ । आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ,’उहाले भन्नुभएको छ ।
एमालेको खनाल–नेपाल समूहले आजै (आइतबार) पार्टी अध्यक्ष ओलीले वार्ताका नाममा चालबाजी गरिरहेको बताएका थिए । उनीहरूले कारबाही फिर्ता लिएमात्रै वार्ता अघि बढ्ने पनि बताएका थिए ।
हेर्नुहोस् विज्ञप्ति