

जनकपुरधाम / प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका चारमन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री राउतले जसपा अध्यक्ष
महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई बर्खास्त गरेका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको केन्द्र सरकारमा जाने कि नजाने भन्नेमा जसपा भित्र चरम विवाद रहेको थियो । चर्को विवादका बाबजुद ठाकुर पक्ष शुक्रबार मात्र
८ मन्त्री र दुई राज्यमन्त्री लिएर ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो ।
संघीय सरकारमा महन्थ पक्ष सहभागी भए लगतै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव जनकपुर पुगी महन्थ पक्ष मन्त्रीलाई सरकारबाट हटाउने योजना बनाएका थिए ।
यादब पक्षले अब प्रदेश २ को सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराउने गरि तयारी गरिरहेको बताइएको छ ।