
मकवानपुरगढी- मकवानपुरगढीमा मंगलबार ६ जना कोभिडका संक्रमित थपिएका छन् । थपिएका मध्ये सबै हेटौंडा अस्पतालमा गरिएको PCR विधिबाट संक्रमण पुष्टि भएका हुन् भने एन्टिजेन परिक्षमा आज कोहि पनि संक्रमित देखिएका छैनन् ।
पुष्टि हुनेहरुमा सबै पुरुष रहेका छन् । वडा नम्बर २ का ३ जना, वडा नम्बर ३ का २ जना र वडा नम्बर ५ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।
यसैगरी गाउँपालिका भरमा आज ४ जना संक्रमण मुक्त भएका छन् । कोभिडको दोश्रो लहरबाट अहिलेसम्ममा २०३ जना संक्रमित हुँदा १४ दिन पार गरि १४३ जना संक्रमणमुक्त भएका छन् ।
आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट सक्रिय संक्रमित रहेका मध्ये ५१ जना होमआईसोलेशन र ५ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशनमा रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।
यसैगरी अहिलेसम्ममा कोरोना कै कारण मकवानपुरगढीका ५ जनाको ज्यान गएको छ । वडा नम्बर ५ का १जना महिला र १ जना पुरुष गरि २ जनाको ज्यान गएको छ । यसैगरी वडा नम्बर ८ का १ जना पुरुष , वडा नम्बर ३ कि १ जना महिला र शनिबार मकवानपुरगढी वडा नम्बर २ का १ जना पुरुषको पनि कोरोना कै कारण ज्यान गएको छ । उनीहरु मध्ये हेटौंडा अस्पतालमा ३ जना र भरतपुरको CMC अस्पतालमा २ जनाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य प्रमुख लामिछानेले बताउनु भएको छ ।
