
हेटौडा / हेटौँडा उपमहानगरपालिकामा आजबाट सुरु हुने भनिएको कोरोनाभाइरस विरुद्धको खोप अभियान अनिश्चितकालका लागि स्थगित भएको छ।


उपमहानगरभित्रका ६२ वर्षदेखि ६४ वर्ष उमेरका नागरिकलाई चिनिया (भेरोसेल) खोप लगाउन बुधबारबाट हेटौडाका १९ वटै वडाहरुमा तयारी गरिएको भएपनि एकएक खोप कार्यक्रम स्थगित भएको हो।
बिहान १० बजेबाट खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको अवस्थामा मेयर हरिबोल महतले निर्देशनमा तत्काललाई खोप अभियान स्थगित भएको बताइएको छ।
हेटौंडा नगर भित्रका सबै नागरिकहरु कोरोना संक्रमणको जोखिममा रहेकोले सबैलाई खोप सेवा प्रदान गर्न यो कार्यक्रम तत्कालका लागि स्थागित भएको नगरपालिका श्रोतले जानकारी दिएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1