
मकवानपुर- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले दुधको विविधीकरण परिक्षण उत्पादन शुरु गरेको छ । मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईले एक कार्यक्रमका बिच बिहीवार परिक्षण उत्पादनको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रम आफ्ना धारण राख्दै अध्यक्ष हुमागाईले मकवानपुर जिल्लामा दुधको उत्पादन राम्रो भएपनी दुग्ध सहकारी मार्फत अहिलेसम्म दुघको बिविधिकरण उत्पादनको काम नभइरहेको अवस्थामा मकवानपुरगढीमा रहेको मनकामना दुग्ध सहकारी संस्थाले त्यस कामको सुरुवात गरेकोमा खुशी ब्यक्त गर्दै सहकारी सस्थालाई बधाई एवं सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ ।
सहकारी मार्फत उत्पादन भएका दुग्ध पदार्थ उपभोक्ता सामु लैजाने यो अवसरसँगै चुनौति पनि त्यत्तिकै रहने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताउँदै अध्यक्ष हुमागाईले आफुले सहकारी संस्थाहरुलाई उत्पादन सँग जोडेर लैजानु पर्ने बताउदै आएको र केही गर्न चाहने सहकारीलाई गाउँपालीकाले सधै सहयोग गर्ने बताउनु भयो । यस सहकारीले थालनी गरेको यो कार्यलाई गाउपालीका भित्रका अन्य सहकारी संस्थामा सुरु गर्न प्रोत्साहन गर्ने हुमागाईले बताउनु भयो । गाउँपालीकाले किसानलाई बिशेष प्राथामिकतामा राखेको र किसानको हितको लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै मकवानपुरगढी गाउँपालिका वडा ३ का वडाध्यक्ष भागबत घिमिरेले आफुले २२ बर्ष यसै संस्थामा काम गरेको अनुभव सुनाउंदै संस्था यहाँसम्म आउनमा सबैको साथ र सहयोग रहेको बताउनु भयो । परियोजना सन्चालनको निम्ति स्थानिय सरकार सदैब तत्पर रहने बताउँदौ घिमिरेले आफु सदैब किसानको हित र पक्षमा रहेकाले यस्तो परियोजनाबाट किसानको हित हुनेमा आफु बिश्वास्त रहेको बताउनु भयो । धेरै चुनौतीहरु बिच सुरु गरीएको दुग्ध परिकार बिबिधिकरण योजनालाई नमुना योग्य बनाउन आफ्नो सधै सहयोग रहने उहाँले बताउनु भयो ।
संस्थाका अध्यक्ष अर्जुन दहालले दुधलाई बिबिधिकरण गरेर बजारमा लैजानु पर्छ भन्ने उद्धेश्यले काम सुरु गरेको बताउँदै अहिलेको समयमा किसानले आफुले लगाानी गरेको लागत मुल्य दुध बिक्रि बितरणबाट सुनिश्चित हुन नसकेको परिप्रेक्षमा किसानहरुको लागत सुरक्षित गर्न संस्थाले दुग्ध परिकार बिविधिकरण योजना अगाडि बढाएको बताउनु भयो । अहिले कोरोनाको बिषम परिस्थितिमा काम सुरु गर्नु आफैमा चुनौती पुर्ण भए पनि यसले दुध बिक्रि गर्न नपाएका किसानलाई राहात पुग्ने बताउनु भयो । परिक्षण उत्पादनको रुपमा सस्थाले घ्यु, पनिर, नौनि, खुवा, छुर्पि लगायत परिकारहरुको उत्पादन शुरु गरेको उहाँले बताउनुभयो। बेला बेलाको दुध बन्दको समस्या र अहिलेको कोरोनाले गर्दा दुध बिक्रि बितरणमा किसान बर्गमा पर्न गएको क्षतिलाई मध्यनजर गर्दै किसानले दुध फाल्न नपर्ने गरि नितान्त किसानको हितको लागि र असहज परिस्थितिलाई चिर्दै सहकारि उद्योग तर्फ कदम अगाडि बढाएको दाहालले बताउनु भयो । आन्तरिक श्रोतबाट सूरु गरेको यस परियोजनामा हाल सम्म २३ लाख रुपैया खर्च भईसकेकोमा ७ लाख रुपैया मकवानपुरगढी गाउँपालिकाको सहयोग रहेको दाहालले बताउनु भयो ।
यसैगरी संस्थाका पुर्ब अध्यक्ष बद्रीप्रसाद लम्सालले दुग्ध उत्पादक सहकारी संस्थाहरुले संंकलक र बिक्रेताको भुमिकामा मात्रै काम गर्दै आएकोमा मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले परिकार उत्पादन गर्नु आफैमा राम्रो र सर्हानिय काम भएको भन्दै यसबाट अरु सहकारीले सिक्नु पर्ने बताउनु भयो । जब सम्म उत्पादन र बजारीकरणमा जान सक्दैन तब सम्म सहकारी आत्मानिर्भर र दिगो नहुने बताउँदै उहाँले पशुपालक किसानलाई लगानी गर्न प्रोत्साहन गर्नेले उत्पादीत चिज बस्तुको बजारीकरणको ग्यारेन्टी पनि लिनु पर्ने बताउनु भयो । ढिलै भए पनि मनकामना सहकारीले दुग्धजन्य परिकार उत्पादन शुरु गरेको र यसको दिगोपनको लागि सबै क्षेत्रबाट सहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा गायत्रि डेरिका सन्चालक श्रृजन कोईराला ,संस्थापक अध्यक्ष हरिप्रसाद अधिकारी ,पुर्व अध्यक्ष कृष्ण पोखरेल , पुर्व ब्यबस्थापक बलराम हुमागाँई , कालिदेबि सहकारि संस्थाका अध्यक्ष अर्जुन सापकोटा रानि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, संचारकर्मी लगायत संस्थाका सदस्य एवम् पशुपालक किसानहरुको उपस्थिति रहेको थियो ।

