
मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीमा हालसम्म संक्रमित हुनेको संख्या २१० पुगेको छ भने १४६ जना संक्रमण मुक्त भएका छन् ।
त्यसैगरी मकवानपुरगढीमा शुक्रवार थप ३ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिने संक्रमित सबै महिला रहेका छन् । थपिनेमा वडा नम्बर १ का २ जना महिला PCR विधिबाट र वडा नम्बर ४ कि १ जना महिला एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।
कोभिडको दोश्रो लहरबाट अहिलेसम्ममा २१० जना संक्रमित हुँदा १४ दिन पार गरि १४६ जना संक्रमणमुक्त भएका छन् ।
आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट सक्रिय संक्रमित ५६ जना रहेका मध्ये ५० जना होमआईसोलेशन र ६ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशनमा रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।
हालसम्मको रेकर्ड अनुसार कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीका २१० जना संक्रमण भएका मध्ये वडा नम्बर ३ मा सबैभन्दा धेरै संक्रमित भएका छन् । वडा नम्बर ३ मा २८ जना महिला र २७ जना पुरुष गरि ५५ जना संक्रमित भएका हुन् । अन्य वडाहरुका संक्रमित हुनेमा वडा नम्बर १ मा २० जना, वडा नम्बर २ मा २७ जना, वडा नम्बर ४ मा २४ जना, वडा नम्बर ५ मा ४६ जना, वडा नम्बर ६ मा ७ जना, वडा नम्बर ७ मा २० जना र बडा नम्बर ८ मा ११ जना संक्रमित भएका छन् ।
यसैगरी अहिलेसम्ममा कोरोना कै कारण मकवानपुरगढीका ५ जनाको ज्यान गएको छ । वडा नम्बर ५ का १जना महिला र १ जना पुरुष गरि २ जनाको ज्यान गएको छ । यसैगरी वडा नम्बर ८ का १ जना पुरुष , वडा नम्बर ३ कि १ जना महिला र शनिबार मकवानपुरगढी वडा नम्बर २ का १ जना पुरुषको पनि कोरोना कै कारण ज्यान गएको छ । उनीहरु मध्ये हेटौंडा अस्पतालमा ३ जना र भरतपुरको CMC अस्पतालमा २ जनाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य प्रमुख लामिछानेले बताउनु भएको छ ।
