

हेटौंडा / प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्न उक्साहट गर्ने अभिव्यक्ति दिने काङ्ग्रेस सांसद बिरुद्द राष्ट्रिय युवा संघ नेपालले खेद प्रकट गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रवार बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका सांसद नरुोत्तम बैद्यले प्रधानमन्त्री ओलीलाई रोक्न कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्छ अन्यथा आफै तयार हुन्छु भन्ने अभिब्यक्ती दिएका थिए ।
युवा संघ नेपालले संसदीय मर्यादा विपरीत सांसद बैधले दिएको अभिव्यक्तिको भत्सर्ना गर्दै प्रधानमन्त्री ओलीको सुरक्षाका लागि लाखौँ युवा बलीदानी दिन तयार रहेको जनाएको छ ।
युवा संघ नेपालका स्थाइ कमिटी सद्स्य सन्तोष चौलागाईंले बिज्ञप्ती निकाल्दै हत्या जस्तो जघन्य अपराध गर्ने पाशविक बर्बरतापूर्ण सोच भएका सांसद बैद्यको अभिब्यक्ती तत्काल संसदको श्रब्यदृश्य रेकर्डबाट हटाउन बागमती प्रदेशसभाका सभामुखको ध्यानाकर्षण गराउनुभएको छ ।
“राजनेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा थ्रेट बढाउने कलुशीत मनसाय हो, भन्ने हामी युवाहरुको ठम्माई छ । राष्ट्र, राष्ट्रियता र जनताप्रति ममतामयी भाव राख्ने एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको बढ्दो लोकप्रीयताबाट डराएका विपक्षीहरुको कायरता पूर्ण सोचबाट युवाहरु अविचलीत भई आफ्ना अध्यक्षको सुरक्षाका लागि कटीबद्ध हुन आम युवा साथीहरुमा हार्दिक आग्रह गर्दछु ।” बिज्ञप्तीमा उल्लेख छ ।