हेटौंडा / संसदीय मर्यादा बिपरित प्रदेश सभाको रोस्ट्रम प्रयोग गरि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्न उक्साहट गर्ने काङ्ग्रेस सांसद नरुोत्तम बैद्यलाइ बागमती प्रदेश सभाबाट तत्काल निलम्बन गरि हिरासतमा राखेर ज्यान मार्ने उधोगमा मुद्दा चलाउन अनेरास्ववियु मकवानपुरले माग गरेको छ ।
अनेरास्ववियु मकवानपुरका संयोजक बिशाल पौडेलले प्रेस बिज्ञप्ती निकाल्दै संसदीय मर्यादा विपरीत सांसद बैधले दिएको अभिव्यक्तिको भत्सर्ना गर्दै तत्काल पक्राउ गरि कानुन दायरामा ल्याउन माग गर्नुभएको छ ।
शुक्रवार बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका सांसद नरुोत्तम बैद्यले प्रधानमन्त्री ओलीलाई रोक्न कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्छ अन्यथा आफै तयार हुन्छु भन्ने अभिब्यक्ती दिएका थिए ।
बिज्ञप्तीमा जिल्ला संयोजक पौडेलले के नेपाली काङ्ग्रेसको लोकतन्त्र माथी भरोसा उठेको हो ? काङ्ग्रेसले प्रचण्ड पथ स्वीकार गरीसकेको हो? भनी प्रश्न गर्नुभएको छ ।
संयोजक पौडेलले हत्या जस्तो जघन्य अपराध गर्ने पाशविक बर्बरतापूर्ण सोच भएका सांसद बैद्यको अभिब्यक्ती तत्काल संसदको श्रब्यदृश्य रेकर्डबाट हटाउन बागमती प्रदेशसभाका सभामुखको ध्यानाकर्षण समेत गराउनुभएको छ ।
“हाम्रो पार्टीका श्रदेय अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलिको हत्या गर्छु भन्ने वक्तीलाई प्रदेश सभाबाट तत्काल निलम्बन गरी हिरासतमा लिइ ज्यान मार्ने उधोग सम्बन्धि मुद्दा चलाउन माग गर्दछु । यो अभिव्यक्ति ब्यक्ती बिशेषको मात्र हुन सक्दैन, यसमा देशीविदेशी शक्तिको चाहना प्रष्ट रुपमा रहेको बुझ्न गार्हो छैन । नेपालमा पनि महत्मा गान्धी जस्तै युग नेता जन्मेको कुरा सर्वस्वीकार्य भैसकेको तथ्य यहि बक्तब्यबाट प्रष्ट भैसकेको छ ।” बिज्ञप्तीमा उल्लेख छ ।