
मकवानपुर –कोरिया मञ्च दक्षिण कोरियाले आइतबार एक कार्यक्रमका बीच मकवानपुरगढी गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
मञ्चले २५ थान रियुजेवल पिपिई सेट, २५० वटा सर्जिकल ग्लोब्स,१२५० सर्जिकल माक्स,३० थान फेस शिल्ड,२५ लिटर ह्यान्ड सेनिटाईजर गरी करिब ८० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभएको छ ।
मकवानपुरबाट कोरियामा गई विभिन्न पेशा ब्यवसायमा संलग्न मनकारी ब्याक्तित्वहरुले कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भन्ने उदेश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको मञ्चले जनाएको छ ।
स्वास्थ्य सामाग्री मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बा , प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछाने साथै सिनियर अ.हे.व. लक्ष्मण दहाल र अ.हे.व. कौशल्या धमलालाई संयुक्त रुपमा हस्तान्तण गरियो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष हर्कमाया रुम्बा साथै प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछाने मञ्चले कोरियादेखि नेपालसम्म गरेको सहयोग अनुकरणीय र अमुल्य रहेको बताउनुभयो ।
मञ्चका पूर्व अध्यक्ष रमेश उप्रेतीले कार्यक्रमको बारेमा जानकारी दिँदै कोरोना भाइरसबाट आक्रान्त बनेको समयमा प्रवासमा रहेका नेपालीहरुको तत्परतामा मकवानपुरगढी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गर्न पाएकोमा खुशी लागेको बताउनुभयो । मञ्चका वागमती प्रदेश कोरियाका संयोजक किशोर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका पूर्व अध्यक्षहरु दुर्गा प्रसाद दाहाल, राजकुमार गोले , मञ्चका महासचिव शुभराज भोम्जनलगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।