
मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट बिहिवार मकवानपुरगढीमा ३ जना संक्रमित थपिंदा ३ जना नै संक्रमणमुक्त भएका छन् ।
संक्रमित हुनेहरुमा वडा नम्बर ३ का १ जना महिला र १ जना पुरुष तथा वडा नम्बर ६ का १ जना महिला रहेका छन् । उनीहरु सबै हेटौंडा अस्पतालमा गरिएको PCR परिक्षणबाट संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो । यसैगरी आज नै संक्रमण भएको १४ दिन पार गरि ३ जना संक्रमणमुक्त भएका छन् ।
कोरोनाको दोस्रो लहरबाट हालसम्म मकवानपुरगढीमा संक्रमित हुनेको संख्या २१८ पुगेको छ भने १६३ जना १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् ।
आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट सक्रिय संक्रमित ४९ जना रहेका मध्ये ४६ जना होमआईसोलेशन र २ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशनमा तथा १ जना हेटौंडा अस्पतालमा उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।
यसैगरी कोभिडको दोश्रो लहरबाट अहिलेसम्ममा मकवानपुरगढीका २ जना महिला र ३ जना पुरुष गरि ५ जनाको ज्यान गएको छ ।
