सिन्धुपाल्चोक/ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलामा मंगलबार बेलुकी आएको बाढीले ठुलो क्षती पुर्याएको छ ।


मेलम्ची खोलामा आएको बाढी मेलम्ची र हेलम्बु आसपासको क्षेत्रमा पसेको छ। बाढीले बढी क्षति हेलम्बुमा पुर्याएको र मानवीय क्षति भएको हुनसक्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए।
‘दुई घण्टाअघि आएको बाढीले बढी क्षति हेलम्बुमा पुगेको छ। त्यहाँ घरहरु पनि बगेको र मानवीय क्षतिसमेत भएको हुन सक्ने रिपोर्ट प्राप्त भएको छ’, पोखरेलले भने। केहीअघि दिन नेपाल प्रवेश गरेको मनसुनका कारण देशभरका अधिकांश स्थानमा भीषण बर्षा भइरहेको छ।



What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1