सिन्धुपाल्चोक ।


नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री एंव सिन्धुपाल्चोकका सांसद शेर बहादुर तामाङले सिन्धुपाल्चोकमा आएको बाढी पिडितहरुलाई उचित राहत तथा पुनःस्थापना गरिने बताउनु भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको भन्दै उहाँले यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल समेत गर्नु भएको छ । सामाजिक संजाल मार्फत अपिल जारी गर्दै उहाँले सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्ने समेत बताउनु भएको छ । स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिन पनि उहाँले अपिल गर्नु भएको छ । उहाँले आपतमा परेका पिडितहरुले आफुलाई सम्पर्क गर्न भन्दै मोवाईल नम्वरपनि दिनुभएको छ । आफुलाई सम्पर्क गर्न ९८५१०४०८२१ र स्वकिय सचिवनिर्मल बन्जारा ९८५११७५३१० मा सम्पर्क गर्न उहाँले आग्रह गर्नु भएको छ । साथै, खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन समेत मन्त्री तामाङले अपिल गर्नु भएको छ ।

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।
मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।
