
मकवानपुरगढी- बाबियोडाँडा टोलविकास संस्था मकवानपुरगढी-३ को अध्यक्षमा राजेश देवकोटा चयन भएका छन् । बिहिवार भएको टोल विकासको भेलाले देवकोटालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।
यसैगरी संस्थाको उपाध्यक्ष पदमा सावित्री देवकोटा, सचीवमा प्रल्हाद घिमिरे र कोषाध्यक्षमा गोविन्द तिमल्सिना चयन भएका छन् । ९ जना संचालक रहेको संस्थाको सदस्यहरुमा बुद्धलक्ष्मी अधिकारी, सरस्वती अधिकारी , शारदा तिमल्सिना , बिष्णु रुपाखेती र भोलाप्रसाद दाहाल चयन भएका छन् ।
संस्थाका अध्यक्ष गोकर्ण प्रसाद पराजुलीको अध्यक्षता एवम् वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले आर्थिक वर्ष २०७८/०७९ का लागि विभिन्न योजनाहरु छनौट गरेको छ । विभिन्न योजनाका साथ पालिका भरिकै उत्कृष्ट र नमुना टोलविकास संस्था बनाउन आफ्नो भुमिका रहने नव निर्वाचित अध्यक्ष देवकोटाले बताएका छन् ।
