• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बाढीपहिरो प्रभावितलाई एकद्वार नीतिबाट राहत बाँड्न गृह मन्त्रालयको निर्देशन

✎ शुभबिहानी२०७८ असार ४ गते, शुक्रबार १५:४० 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुर । सरकारले बाढीपहिरो, डुबानलगायत प्राकृतिक प्रकोप पीडित तथा अन्य प्रभावित परिवारलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई लिखित तथा मौखिक निर्देशन दिँदै राहत सामग्री स्थानीय तहमार्फत मात्रै वितरण गर्न आग्रह गरेको हो । पीडितलाई सहज र सरल रूपमा राहत सामग्री पु¥याउन स्थानीय तहमार्फत बन्दोबस्तीका सामान वितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले जानकारी दिनुभयो । गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा गत बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले पनि राहत एकद्वार नीतिबाटै वितरण गर्न निर्देशन दिने निर्णय गरेको थियो । समितिको निर्णय आज सबै जिल्ला प्रशासन कार्यालयलाई पठाइएको प्राधिकरणले जनाएको छ ।

घरबार गुमाएका र जोखिमका कारण बसिरहेको ठाउँबाट विस्थापित भएका परिवारलाई ५ जना सदस्यसम्म भए १५ हजार र त्यसभन्दा बढी भए २० हजार रुपैयाँ तत्काल उपलब्ध गराउन गृहले निर्देशन दिएको छ । जेठ ३० गतेदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङ, कास्की, प्यूठान, जाजरकोटलगायत १९ जिल्ला प्रभावित भएका छन् ।

गृह मन्त्रालयका अनुसार सिन्धुपाल्चोकमा ३ सहित ११ जनाको मृत्यु भइसकेको छ । २५ जना अझै बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताको खोजीकार्य जारी छ । प्राधिकरणका प्रमुख कार्यकारी पोखरेलले बाढीपहिरो र डुबानलगायतका मनसुनजन्य प्रकोपबाट बासस्थान भत्किए हिमाली भेगमा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका पीडितलाई ३ लाख रुपैयाँ किस्तामा अनुदान दिइने जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभबिहानी

सम्वन्धित समाचार

भारोत्तोलन खेलाडी सागरले पनि वर्ल्ड च्याम्पियनसिपमा बनाए राष्ट्रिय कीर्तिमान

हेटौंडा अस्पतालका ७८ चिकित्सकले दिए सामूहिक राजीनामा

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

कृषि तथा बन बिश्वबिद्धालयमा युवा रेडक्रस सर्कल

प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि भयो खाना पकाउने एलपि ग्यास

पाल्पा र नवलपुर आसपासका क्षेत्रमा ठूलो वर्षा

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.