हेटौंडा । सरकारले कोरोना विरुद्धको खोप अपुर्तिमा कूटनीतिक सक्रियता बढाउन विभिन्न देशका राजदुतहरुलाई निर्देशन दिएको छ ।
आज परराष्ट्रमन्त्रालयमा आयोजित नेपाली राजदूतहरुसँगको भर्चुअल बैठकमा मन्त्री रघुवीर महासेठले कोरोना विरुद्धको खोप अपुर्तिमा कूटनीतिक सक्रियता बढाउन राजदुतहरुलाई निर्देशन दिनु भएको हो । कोभिड–१९ को दोस्रो लहरसँग जुधिरहेको नेपाललाई तत्काल खोप र स्वास्थ्य सहायता जरुरी परेकाले सहजीकरणमा खट्न मन्त्री महासेठले निर्देशन दिनु भएको थियो । राजदूतहरुले आफूहरुले खोप र स्वास्थ्य सामग्री आपूर्तिका लागि भैरहेको पहलबारे ब्रिफिङ गरेका थिए । सरकारले खोप आयातको जिम्मा परराष्ट्र मन्त्रालयलाई दिएको छ । सरकारले अमेरिका, चीन, भारत, रुस, इजरायल, बेलायतसँग खोप आयात गर्ने प्रयास गरिरहेको छ ।०००
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1