
मकवानपुरगढी- प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत मकवानपुरगढी-३ को दाहालडाँडा हुँदै बालमैत्री पार्क रातोमाटेडाँडासम्म पैदल जानको लागि पक्की सिंढी निर्माण हुने भएको छ ।
सोमबार वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरेको उपस्थितीमा सिंढीको निर्माण कार्य थालिएको छ । रु. ४ लाखको लागतमा निर्माण हुन लागेको योजना अन्तर्गत दाहालडाँडा देखि रातोमाटेडाँडासम्म सिंढी निर्माण लगायत प्रतिक्षालय , पुष्प बगैंचा (गार्डेन) , चौतारो निर्माणको काम गरिने योजना उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेले बताउनु भएको छ ।
यस क्षेत्रलाई विभिन्न योजना सहित पिकनिक स्पोर्ट समेत निर्माण गरेर पर्यटकीय क्षेत्र बनाउने योजना रहेको वडा अध्यक्ष भागवत घिमिरेले बताउनुभयो । जस अन्तर्गत अहिले गर्न लागेको कामले पर्यटकीय क्षेत्र बनाउने योजनालाई थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सुचना पार्क , बालमैत्री पार्क , पिकनिक स्पोर्ट निर्माण लगायत बन समूहले पनि योजना बनाएकोले मिलेर काम गर्दा सफल हुन सकिने चुच्चेखोला बनका अध्यक्ष अर्जुनप्रसाद दाहालले बताउनुभयो ।
कार्यक्रममा चुच्चेखोला सामुदायिक वनका अध्यक्ष एवम् मनकामना दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी ३ का अध्यक्ष अर्जुनप्रसाद दाहाल, बाबियोडाँडा टोलविकास समितिका अध्यक्ष राजेश देवकोटा , देविडाँडा टोलविकास संस्थाका अध्यक्ष प्रेमप्रसाद दाहाल , धमिले कृषि सहकारी संस्थाका अध्यक्ष नवराज संजेल , मक्रान्चुली स्वास्थ्य ईकाइका प्रमुख उमेश अधिकारी , जिफण्ट मकवानपुरगढी गाउँकमिटी अध्यक्ष धर्मप्रसाद तिमल्सिना लगायतकाको उपस्थिति रहेको थियो ।