हेटौंडा । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ ।


स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको परिवर्तित रूप पुष्टि भएको जनाएको हो । अहिले देखिएका नयाँ प्रजातीका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन मन्त्रालयले आग्रह गरेको छ । गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी १६१७२, एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टि भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
डेल्टा भेरीयन्ट पुष्टी भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन एवाई १ भनिने के १४१७ एन म्युटेसन भेटिएको मन्त्रालयले जनाएको छ ।०००
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1