हेटौंडा । सन २०२२ मा कतारमा हुने विश्वकप फुटबल हेर्नका लागि अनिवार्य कोरोना खोप लगाउनु पर्ने भएको छ ।


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी पूर्णरुपमा निर्मुल नभएको भन्दै कतार सरकारले यस्तो नियम लागु गर्न लागेको हो । कतारका प्रधानमन्त्री शेख खालिद विनले कोरोना विरुद्धको खोपको पूर्ण डोज नलगाएको ब्यक्तीले विश्वकप हेर्न अनुमति नपाउने बताएको अन्तराष्टिय संचार माध्यमहरुले जनाएका छन । यस्तै विश्वकपलाई मध्यनजर गर्दै कतारले १० लाख भ्याक्सिन किन्ने तयारी गरेको पनि कतारी प्रधानमन्त्रीले जानकारी दिएका छन् । कतारी प्रधानमन्त्रीको उक्त भनाई प्रती आयोजक संस्था फिफाले भने कुनै पनि प्रतिक्रिया नदिएको बताइएको छ । सन २०२२ को नोभेम्बर २१ देखि कतारमा विश्वकप फुटबल सुरु हुने तालिका छ ।०००
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1