हेटौंडा । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतुर्तेले कोरोना भाइरस विरूद्धको खोप लगाउन अस्वीकार गर्नेलााई कारागार चलान गर्ने चेतावनी दिएका छन् ।


राजधानी मनिलाका खोप केन्द्रहरूमा खोप लगाउन कम मात्रामा सर्वसाधारण गएपछि राष्ट्रपति दुतुर्तेले यस्तो चेतावनी दिनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । फिलिपिन्समा अहिलेसम्म १३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ भने २३ हजारको मृत्यु भइसकेको छ । फिलिपिन्सका स्वास्थ्य अधिकारीहरूले यसअघि नागरिकलाई खोप लगाउन आग्रह गरेपनि त्यो स्वेच्छिक हुने बताएका थिए ।
फिलिपिन्समा २१ लाख मानिसहरूलाई पूर्ण रूपमा खोप लगाइएको छ । ११ करोड जनसंख्या भएको फिलिपिन्समा सरकारले सन् २०२१ को अन्त्यसम्म ७ करोड मानिसलाई खोप लगाउने लक्ष्य राखेको छ ।००००
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1