
हेटौंडा । एउटा विज्ञप्तिले नै सेयर बजारमा करिब २ खर्ब गुमेको छ । नेपाल धितोपत्र बोर्डले केही दिन अघि ५१ वटा कम्पनीको सेयर धेरै मूल्य बढेको भनेर विज्ञप्ति निकालेको थियो ।
बोर्डले विज्ञप्ति निकालेको केही दिन सेयर बजार निरन्तर घटेको थियो । भने अहिले विस्तारै पहिलेकै अवस्थामा फर्किने क्रममा रहेको छ । यो हप्ताको पाँच कारोबार दिनमा नेप्से परिसुचक ४ दिन घट्दा १ दिनमात्र बढेको हो ।
यो एक हप्तामा नेप्से परिसुचक १२५.४३ बिन्दुले घटेको छ । अघिल्लो साताको कारोबारको अन्तिम दिन २९६८.४३ को बिन्दुमा रहेको नेप्से परिसुचक यो साताको अन्तिम दिन २८४३ को बिन्दुमा पुगेको छ ।
अघिल्लो हप्ताको अन्तिम दिनसम्ममा ४१ खर्ब ३९ अर्ब रहेको बजारको पुँजीकरण यो साता ३९ खर्ब ४९ अर्बमा झरेको छ । एक हप्तामा नै लगानीकर्ताले सेयर बजार १ खर्ब ९० अर्बले गुमाएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1