• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि आक्रमण गरेको पाँच दलीय गठबन्धनको आरोप

✎ शुभबिहानी२०७८ असार १० गते, बिहीबार २०:३९ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा । विपक्षी गठबन्धन दलका शीर्ष नेताहरुले संबिधान र लोकतन्त्र संस्थागत नभएसम्म गठबन्धन कायमै रहने बताएका छन् ।

विहिवार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा शीर्ष नेताहरुले संविधान, लोकतन्त्र र विधिको शासनका लागि बिगतमा जस्तै आमसंचार क्षेत्रको सहयोगका लागि आह्वान समेत गरेका छन् । नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण संविधान संकटमा रहेको बताएका थिए । सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको पक्षमा फैसला गर्नेमा समेत नेताहरुले विश्वास ब्यक्त गरेका छन् ।


नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण संविधान संकटमा रहेको बताउनु भएको छ । आज विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उहाँले दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्ने खोज्ने काम भएकोले यसले मुलुकलाई संकटमा धकेल्ने उहाँको भनाई थियो । राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा विघटनले लोकतन्त्र नै संकटमा परेको उनले बताउनुभयो । १४९ जना सांसद हस्ताक्षर गरि सरकार गठनको गरिएको दाबी खारेजीले लोकतन्त्र संकटमा परेको उहाँको भनाइ छ । उहाँले संविधान, लोकतन्त्रको रक्षाका लागि नागरिक समाज, बुद्धिजीवि वर्गको सहकार्य आजको आवश्यकता रहेको बताउनुभयो ।

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशभित्र विदेशी शक्तिको चलखेल हुन नपाओस् भनेर पाँच पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको प्रष्टीकरण दिनु भएको छ । पूर्वप्रधानमन्त्रीहरु दाहाल सहित शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले सामूहिक वक्तव्य निकालेर नेपालका बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताउनु भएको थियो । मुलुकको पछिल्लो अवस्थाबारे नागरिकलाई जानकारी गराउनै पर्ने भएको भन्दै अध्यक्ष दाहालले पाँच पूर्वप्रधानमन्त्रीले त्यसलाई आफ्नो जिम्मेवारी ठानेको बताउनुभयो । लोकतन्त्र, संविधान र राष्ट्रको चुनौतीका विरुद्धमा जस्तोसुकै अप्ठेरो परिस्थिति पनि सामना गर्ने उहाँको भनाई छ । उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कुर्चीका लागि विदेशी शक्तिसामु जस्तोसुकै सम्झौता गर्न तयार रहेको भन्दै ओली र आफूहरुलाई एउटै नबुझिदिन आग्रह समेत गर्नूभयो ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले गल्ती सुधार गरेमा ठाउँ दिन सकिने बताउनु भएको छ । आज विपक्षी गठबन्धनले आयोजना गरेको सम्पादकहरुसँगको अन्तक्रियामा नेता नेपालले ओलीको अहंकारलेनै देशमा अहिलेको परिस्थिति सिर्जना भएको जिकिर गर्नुभयो । उहाँले आफूहरु देश र जनताको हितको निम्ति दृढताका साथ अगाडि बढ्ने भन्दै आन्दोलनबाट विचलित नहुने समेत बताउनुभयो । देश र जनताको हितका लागिनै आफुहरु आन्दोलनमा जुटिएको नेता नेपालको भनाई थियो ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले लोकतन्त्र, गणतन्त्र र संविधानमाथि प्रहार गर्दै जाने र राष्ट्रपतिले सदर गर्दै गएमा लोकतन्त्र नरहने बताउनुभयो । यादवले राष्ट्रपतिले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति नगरेका कारण उहाँको भूमिका शंकास्पद र प्रश्नवाचक रहेको बताउनुभयो । सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको पक्षमा, न्यायको पक्षमा फैसला गर्ने विश्वास रहेको भन्दै उहाँले लोकतन्त्र नरहे शान्ति, समृद्धि र स्थिरता अगाडि बढ्न नसक्ने बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभबिहानी

सम्वन्धित समाचार

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने

हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

विवाह गर्दै श्रृंखला खतिवडा

प्रधानमन्त्री प्रचण्ड दुबईमा

मकवानपुरगढी-२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमा नै मृत्यु

वडा स्तरमै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.