हेटौंडा । सर्लाहीको ईश्वरपुर नगरपालिकाका ३ का वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ ।
श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र ठेकेदार प्रेम दाहाल पक्राउ परेका छन् ।
शुक्रवार राति विवादका क्रममा जेसिबी चालक हर्कबहादुर तामाङ लगायतले कुटपिट गर्दै हत्या गरेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।


पोखरीको स्तरोन्नति कार्य भइरहँदा शुक्रबार वडाध्यक्ष श्रेष्ठ निरीक्षण गर्न पुगेका थिए । सो पछि राति जेसिबी चालकसँग विवाद भएको र चालकले जेसिबीको बकेटले हानेर उनको हत्या गरेको सर्लाही प्रहरीको भनाइ छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1