हेटौंडा / हेटौडा लेडि जेसिजले नवनियुक्त बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई स्वागत तथा सम्मान गरेको छ ।
बागमती प्रदेश सरकार मन्त्रीपरिषदबाट कार्यकारी उपाध्यक्षमा नियुक्त चौलागाईंललाइ शनिबार बिहान एक समारोहको आयोजना गरि लेडि जेसिजले स्वागत तथा सम्मान गरेको हो ।
लेडि जेसिजकी अध्यक्ष प्रतिमा श्रेष्ठ को अध्यक्षतामा भएको कार्यक्रममा मन्तव्य वक्त गर्दै उपाध्यक्ष चौलागाईंले आम युवालाई समेटेर सीप प्रवर्दनमा, उद्यमशिलता लगाएतका कार्यमा युवाको प्रत्यक्ष सहभागीतामा छलफल गर्ने कार्यन्वयन गराउने बताउनुभयो ।
उहाले युवालाइ वैदेशीक रोजगारमा जादा बिषयविज्ञको रुपमा जान सकिने सम्मका युवा जनशक्ती तयार गर्नकालागी आबस्यक योजना बनाइ कार्यान्वयन गर्ने बताउनुभयो ।
कार्यक्रममा जेसीआई हेटौंडा लेडीकी पूर्वअध्यक्ष रश्मि बस्नेत, हेटौंडा नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य नरेन्द्र भण्डारी, युवा नेता कृष्ण लामिछाने, किशन घिसिङ्ग लगायतको उपस्थिति रहेको थियो ।