

हेटौंडा / मिर्गौलाका बिरामीहरूका लागि मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले भोली सोमबारबाट निशुल्क डायलिसिस सेवा सुरु गर्ने भएको छ ।
करिव ५ करोड रुपैयाँ लागतमा तत्कालका लागि दैनिक १० जना मिर्गौलाका बिरामीहरुलाई सेवा दिने उद्देश्यले हेटौंडा अस्पतालले निशुल्क रुपमा डायलिसिस सेवा सुरु गर्ने भएको हो ।
भोलि सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले डायलिसिस सेवाको शुभारम्भ गर्ने मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले बताउनुभयो ।
अस्पतालमा हाल रहेको ५ वटा डायलिसिस मेसिनलाई दैनिक २ पटक बिहान र साँझ संचालन गरी मिर्गौलाका बिरामीहरुलाई सेवा प्रदान गरिने र अबको एक महिना भित्र थप ३ वटा डायलिसिस मेसिन ल्याएर मिर्गौलाका बिरामीहरुलाई सेवा दिने लक्ष्यसहित काम गरिरहेको चौलागाईंले जानकारी दिनुभयो ।