
मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीमा संक्रमण दर प्रतिदिन घटिरहेको छ । सोमबार लगातार गएको ३ दिन पछि २ जना संक्रमित देखिएकोमा मंगलबार १ जना पनि संक्रमित थपिएका छैनन् भने आज मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशन वार्डबाट २ जना डिस्चार्ज भएको र १ जना संक्रमित भएको १४ दिन पार गरी संक्रमणमुक्त भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।
कोरोनाको दोस्रो लहरबाट मकवानपुरगढीमा हालसम्म संक्रमित हुनेको संख्या २३७ रहेको छ भने २१५ जना १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् ।
आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट अहिलेसम्ममा सक्रिय संक्रमित २२ जना रहेका र ती मध्ये १९ जना होमआईसोलेशन र १ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशन सेन्टरमा तथा भरतपुर अस्पताल र हेटौंडा सिटि अस्पतालमा १-१ जना महिला उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।
कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीका अहिलेसम्ममा २ जना महिला र ३ जना पुरुष गरि ५ जनाले कोभिड कै कारण अकालमा ज्यान गुमाउनु परेको लामिछानेले जानकारी दिनुभएको छ ।
