हेटौंडा। नेपालमा धेरै बस्तु नक्कली उत्पादन भएको भनेर गुनासो आउने गरेको छ । कोरोना महामारीको समयमा कोरोनाविरुद्धको खोप पनि नक्कली आएको भनेर राष्ट्रिय उपभोक्ता मञ्चले दाबि गरेको छ । आज स्वास्थ्य मन्त्रालयले पनि सतर्क रहन भनेको छ ।


राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपालमा कोरोनाविरुद्धको नक्कली खोप भित्रिएको दाबि गरे । उनले भने, ‘सरकारले ६५ वर्षभन्दा माथिकालाई पहिलो डोज खोप लगाई दियो । दोस्रो डोजका लागि म पनि गएर लाइन बसे तर खोप लगाउन पाइन । पछि एकजनाले मलाई ४ हजारमा खोप लगाइदिने बताए । म आफैलाई कोरोनाविरुद्धको खोप पैसा तिरेपछि सजिलै लगाउन सकिन्छ भनेपछि नक्कली आएको भन्ने भयो । सरकारले कोरोनाविरुद्धको खोप बिक्री खुलाएको छैन । मलाई पुर्वका साथिहरुले पनि कारोना विरुद्धको खोप अवैध बाटो भएर नेपाल भित्रिएको भनेरे जानकारी दिएका छन् ।’
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले नक्कली कोरोनाविरुद्धको खोप नआएको बताए । समाचारमा नै कोरोनाविरुद्धको नक्कली खोप आयो भनेकाले मात्रै सतर्क हुन आग्रह गरेको जानकारी दिए ।