
मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकाले किसानको सूचीकरण गर्न शुरु गरेको छ । सोमबार पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले एक कार्यक्रमका बीच मकवानपुरगढीका किसानहरुलाई किसान सूचीकरण गर्ने कार्यको शुभारम्भ गर्नुभएको छ ।
मकवानपुरगढी गाउँपालिकाको वडा न १ देखि वडा न ८ सम्म प्रत्येक वडामा १/१ जना सहजकर्ता छनौट गरि किसान सूचीकरण सफ्टवेयर प्रणाली संचालन सम्बन्धि तालिम दिई किसान सूचीकरणको कार्य शुभारम्भ गरिएको हो ।
मकवानपुरगढी गाउँपालिकाका किसानहरुले आ आफ्नो वडा कार्यालयमा सम्पर्क राखी सहजकर्ता मार्फत किसान सूचीकरण प्रणालीमा आवद्व हुन सकिने गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । ईन्टरनेट चलाउन सक्ने किसानहरुले स्वयम पनि किसान सूचीकरण सफ्टवेयर प्रणालीमा आबद्ध हुन सकिने चौधरीले बताउनुभयो । आबद्ध हुनको लागी farmer.moald.gov.np मा गई आवद्व हुन सकिने उहाँले जानकारी दिनुभएको छ ।
ब्यवसायमा लागेका किसानहरूले नेपाल सरकारबाट उपलब्ध हुने अनुदान तथा सहायता प्राप्त गर्नका लागि सूचीकरण संकेत नम्बर अनिवार्य हुने जनाइएको छ ।
