-सुदर्शन अधिकारी
बुबा अथवा ‘बा’ कति प्यारो शब्द छ यो ।
नेपाली समाजमा परापूर्व काल देखि सुनिदै आएको बा शब्द आजभोली लोप हुदै गइरहेको छ । आफ्नो धर्म संस्कृतिलाई पैसामा बेच्न चाहने अहिलेको नेपाली समाजले आफ्नो जन्म र कर्म दिने ‘बा’ शब्दलाई पनि अमेरिकी डलरमा बेचि ‘बाबा’ र ‘ड्याडी’ मा पुर्याइसके को छ । आफ्नो मातृभुमी माथी लात हान्ने हामी नेपाली ‘बुबा’ शब्द माथी पनी लात हानी रहेका छौ ।
सानोमा हामीलाई हातमा समाई हिड्न सिकाउने ‘बा’ लाई आज बुढो हुँदा हात समाई हिडाउनु पर्नेमा वुद्धाश्रमको एउटा बन्द कोठामा राख्न थालेका छौ। हिजो मेरा सन्तानलाई माया कम भयो भनी सन्तानको वरीपरी बस्ने बा आज हामी तिनै बालाई गाउँमा छोडी आफ्ना छोराछोरी लिएर युरोप अमेरीकामा छौ । हिजो सानो छदा ‘बा’ ले के खानी छोराछोरी भनी सोधेर जे खाना मन छ त्यही ल्याइदिने बा आज त्यही अवस्थामा पुग्दा जबरजस्ती छोराछोरीले ल्याइदिएको खान वाध्य छन् कहिल्यै आफुले मन परेको लाउन र खान बिचरा हाम्रा बा ले पाउनु भएको छैन । आज हाम्रो समाजले ति ‘बा’ का दुःख र सर्घष विसेर बा को खोकी अनी बुढो शरिरले आफुलाई दुःख दिएको मात्र सम्झिरहेको छ ।
आज ७ समुन्द्रबाट छोराले भन्छ ‘बा’ कती पैसा चाहियो ? अनि ‘बा’ भन्नु हुन्छ- “बाबु पदैन पैसा मलाई पुग्ने यही छ बरु तलाई त्यहा दुःख होला !”
सन्तानको खुसीको लागि ‘बा’ ले के गर्नुभएन आफु भोकै बसि सन्तानको पेट भर्नु भयो । आफुले पुरानो लुगा टालेर सन्तानलाई नयाँ लुगा हालिदिनु भयो । त्यही सन्तानलाई दुःख हुन्छ भनेर आफुले हलो जोति सन्तानलाई शिक्षा दिनुभयो तर अपसोच आज त्यही शिक्षाले सन्तानलाई ७ समुन्द्र पारी पुर्याएको छ । आज ७ समुन्द्रबाट छोराले भन्छ बा कती पैसा चाहियो अनि ‘बा’ भन्नु हुन्छ बाबु पदैन पैसा मलाई पुग्ने यही छ बरु तलाई त्यहा दुःख होला ! आहा कति महान हाम्रा ‘बा’। आफु ७० बर्ष पुगीसक्दा पनि छोरा तलाई दुःख होला भन्न छोड्नुभको छैन।
अझै अनुहार मलिनो देख्दा के भयो सन्चो छैन भनेर सोध्ने हाम्रा बा लाई हामीले कहिल्यै सोधेका छौ ‘बा’ तपाईको आखा आज चिसो चिसो छ के भयो तपाई केहि समस्या पो पर्यो कि भनेर ? विचरा हाम्रा ‘बा’ कति दुःख कष्ट र समस्याले पिरोलिदै कति रात आशुले सिरानि भिजाउनु भयो होला तर एउटै घरमा बसेको हामी छोराछोरीले उक्त आशु कहिल्यै देख्नु परेन किनकि बा आफ्नो आशु हामी सामु कहिल्यै देखाउनु भएन ।
हाम्रा ‘बा’लाई नत अमेरिकाको सुविधा सम्पन्न शहर चाहिएको छ नत यूरोपको ए.सी.वाला गाडी नै वस बाँचुन्जेल सन्तानको माया अनि मरेपछि सन्तानको काध भए हाम्रा ‘बा’हरुलाई पुग्नेछ ।
आज गाउँभरी एक्लै धेरै बाहरु हुनुन्छ, नत समाउने लौरी छ नत, दुःख विसाउने चौतारी, सन्तानको दुःख पर्दा दुःख विसाउने अनि खुसी हुर्दा हासो मिसाउने चौतारी बन्दा बन्दै आफ्नो हासो अनि रोदन मिसाउने दौतरी पनि विचरा ‘बा’ ले पाउनु भको छैन । सन्तान पैसाले ओड्ने ओछ्याउने हुँदा पनि विचरा ‘बा’ वृद्धाभत्ता सन्तानको लागी संगालेर राखीराख्नु भएको छ । हाम्रा ‘बा’ लाई नत अमेरिकाको सुविधा सम्पन्न शहर चाहिएको छ नत यूरोपको ए.सी.वाला गाडी नै वस बाँचुन्जेल सन्तानको माया अनि मरेपछि सन्तानको काध भए हाम्रा बाहरुलाई पुग्नेछ । ‘बा’ हजुर महान हुनुन्छ जब म बाबु भए तब थाहा भयो बा हुनुको महत्व आज बच्चा च्या गर्दा छाति चसक्क हुन्छ ।
हिजो हजुरले हामीलाई गरेको माया आज सम्झिदै छु । हजुरको त्याग बलिदान र तपस्याले यो स्थानमा पुगे पनि मन हजुर तिरनै लागिरहोस् यहि मेरो कामना छ ।
जन्म भूमी भन्दा ठूलो हुन्छ आमा बुबाको काख ,आमाको माया र बुबाको हौसला अनि प्रेरणाले जिवन जिउने गोरेटोमा अघि बढ्दै आज यो स्थितिमा पुर्याउने मेरो बुबा लगाएत सम्पूर्ण बुबाहरुलाई हार्दिक नमन गर्दै बुबाको मुख हेर्ने दिनको शुभकामना ।