• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८

    कोशी प्रदेशसभा : १० महिनापछि विषयगत समितिले पाए सदस्य

    २०८० कार्तिक २२ गते, बुधबार १५:०४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

परराष्ट्रमन्त्री– भारतका विदेशमन्त्री भेटवार्ता

✎ शुभसमय२०७८ आश्विन ११ गते, सोमबार १२:०७ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email
फोटो: पहिलो पोस्ट

काठमाडौँ / संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा एस जयशङ्करबीच आज भेटवार्ता भएको छ ।

सो अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

“दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ ले नेपाल र भारतका जनताको जीवन र आजिविकामा निम्त्याएको चुनौतीको मिलेर सामना गर्न सहमति जनाउनुभयो ।” नियोगले केही बेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । मन्त्री डा खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

आजै मन्त्री डा खड्काले नेपालको महावाणिज्य दूतावासको निरीक्षण गरी प्रभावकारी ढङ्गले कन्सुलर सेवा प्रवाह गर्न तथा आर्थिक, कूटनीतिलाई विशेषरुपमा अघि बढाउन निर्देशन दिनुभयो । मन्त्री खड्का गैरआवासीय नेपाली सङ्गठनले आयोजना गरेको अर्को कार्यक्रममा सहभागी भई मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति लगानी, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा लगानी जुटाउन आह्वान गर्नुभएको पनि उक्त नियोगले जनाएको छ ।

महासभालाई स्थानीय समयअनुसार सोमबार अपराह्न सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री डा खड्का नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबार स्वदेश फर्कने छ । (रासस)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

हेटौंडा ५ स्थित खतिवडा ट्रेडिङमा चोरी

गौशालाबाट आचार्य श्रीनिवास पक्राउ

पालुङ जेसीजले यहि मंसिर १५ देखि १७ गतेसम्म जेसिज सप्ताह गर्ने, तीन दिनमा सात कार्यक्रम

मकवानपुरमा एक पुरुषको शव फेला, कम्मर माथिको भाग हड्डी मात्रै

भीमफेदीका ४३ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

अनेमसंघ मकवानपुर अध्यक्षमा पुनः काफ्ले

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.