हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले शनिवार एक कार्यक्रमकाबीच ६ जना श्रष्टाहरुलाई पुरस्कार एवं सम्मान प्रदान गरेको छ ।


समाजले संगीतकार शक्ति बल्लभ, पुरातत्वविद् बसन्त विडारी, साहित्यकार सीताराम अधिकारी, नाटककार उज्ज्वल शर्मा भण्डारी, अधिकारकर्मी सरस्वती बर्तौला र बाल कलाकार जेनिश उप्रेतीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।
नित्यगोविन्द स्मृति संगीत पुरस्कार–२०७८ प्राप्त गरेका शक्ति बल्लभलाई नगद २० हजार रुपैयाँसहित सम्मानित गरिएको छ भने पुरातत्वविद् बसन्त विडारीलाई १५ हजार रुपैयाँ राशीको क्षेत्रबहादुर स्मृति सम्मान–२०७८ प्रदान गरिएको छ ।
यसैगरी सीताराम अधिकारीलाई ११ हजार राशीको होमनाथ–बलदेवी मातृभूमि छन्द साहित्य सम्मान प
दान गर्दा १५ हजार राशीको राजकुमार स्मृति माृतभूमि सम्मानबाट उज्ज्वल शर्मा भण्डारी पुरस्कृत एवं सम्मानित भएका छन् ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा १० हजार राशीको मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान–२०७८ सरस्वती बर्तौलालाई र मंगलादेवी श्रेष्ठ स्मृति मातृभूमि बाल सम्मान–२०७८ द भ्वाइस अफ किड्सका विजेता बालगायक जेनिश उप्रेतीलाई प्रदान गरिएको छ ।