८ जेठ,हेटौंडा- मकवानपुरका एमाले नेता बद्रीप्रसाद लम्सालले आफुले एमाले पार्टी नभै पार्टीको जिम्मेवारी मात्र छाडेको बताएका छन् ।आफुले पार्टीबाट पदिय जिम्मेवारी छाडेको विषयलाई केहि मिडियाले पार्टी छाडेको भन्दै गलत प्रचार गरेको लम्सालले बताए ।
लम्सालले पार्टी छाडेको विषय संचार माध्यममा आएपछि उहाँसँग राखिएको जिज्ञासामा शुभ बिहानी डटकमसँग कुराकानी गर्दै लम्सालले आफुले एमाले पार्टी नछाडेको तर हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी लिंदै पार्टीको जिम्मेवारीबाट मात्र छाडेको बताएका छन् ।
एमाले मकवानपुरका पुर्व अध्यक्ष समेत रहेका नेता लम्सालले स्थानीय तहको निर्वाचनमा एमालेका नेताहरुलाई जिताउन नसक्नुमा नेतृत्वले जिम्मेवारी लिनुपर्ने भन्दै शनिबार आफ्नु फेसबुकमा लामो स्टाटस लेखेका थिए ।
लम्सालले आफ्नो गाउँपालिकामा समेत पालिकाको नेतृत्व जिताउन नसकेको र वडामा मात्र जिताउन सफल भएको उल्लेख गरेका थिए । नेता लम्साल मकवानपुरगढी गाउँपालिकाका स्थायी बासिन्दा हुन् । केहि वर्ष देखि उनी हेटौंडामा बसोबास गर्दै आइरहेका छन् ।
सम्वन्धित समाचार
Add A Comment