२० जेठ,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ देविडाँडामा भोलि शनिवार निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । देविडाँडामा रहेको सरस्वती आधारभुत विद्यालयमा शिविर संचालन हुनेछ ।
लायन्स क्लब अफ काठमाडौं बसन्तपुर दरबार स्क्वायरको आयोजना तथा लायन्स क्लब अफ काठमाडौं पिङ्गलास्थानको सहयोगमा शिविर संचालन हुन लागेको हो । स्वास्थ्य शिविरमा दक्ष डाक्टरहरुबाट स्वास्थ्य परिक्षण गरिनुका साथै सामान्य औषधि उपचारको समेत निशुल्क रुपमा सेवा प्रवाह हुने जनाइएको छ । देविडाँडामा रहेको सरस्वती आधारभुत विद्यालयको संयोजनमा शिवीर संचालन हुन लागेको हो । बिहान १० बजेबाट शिविर संचालन हुने बताइएको छ ।
सोही अवसरमा विद्यालयमा कम्प्युटर ल्याब स्थापनाका लागि केही थान कम्प्युटर समेत हस्तान्तरण हुने विद्यालयका पुर्व विद्यार्थी हाल काठमाडौं निवासी यादव घिमिरेले बताउनु भएको छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क स्टेसनरी सामाग्री समेत हस्तान्तरण गरिने घिमिरेले बताउनुभयो । आफुले अध्ययन शुरु गरेको विद्यालयमा केही योगदान गर्ने उदेश्यले सहयोग गर्न लागेको उहाँको भनाई छ ।
सम्वन्धित समाचार
Add A Comment