काठमाडौं : कपनस्थित धोबिखोलामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। आज बिहान साढे ८ बजेतिर स्थानीयले खोलामा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए। धोबिखोला कोरिडोरको बाटो गोपीकृष्ण हलबाट अगाडि निलो पुल अगाडि ढलाने पुलमुनि खोलामा बेवारिसे शव भेटिएको कपन प्रहरी वृत्तकी प्रहरी निरीक्षक कृष्णा बस्यालले जानकारी दिइन।
सम्वन्धित समाचार
Add A Comment