हेटौंडा/ नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकामा संसदीय बोर्ड गठन गरेको छ । नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरपालिकामा निर्वाचित सदस्यहरू मध्यबाट संसदीय दलको नेतामा नवीन सिग्देल चयन भएका छन् ।
स्थानीय तहमा पार्टीको तर्फबाट प्रभावकारी भुमिका निर्बाह गर्न,पार्टीका घोषित नीति कार्यक्रमलाई स्थानीय तहमा प्रभावकारी ढंगले कार्यान्वयन गराउन एमालेले हेटौंडा उपमहानगरपालिका संसदीय दल गठन गरेको हो । दलको उप नेतामा अनिल बाँनिया, प्रमुख सचेतकमा सुनिल मोक्तान, सचेतकमा जुना दाहाल र दलको बोर्ड सचिबमा फुर्वा दोर्जे लामा चयन भएका छन् । १९ सदस्यीय बोर्ड गठन भएको छ । हेटौंडा उपमहानगर कार्यपालिकामा एमालेका ५४ जना सदस्य छन् ।