थाहा नगर / थाहा नगरपालिकाको आयोजना तथा जिल्ला युवा समितिको कार्यालय मकवानपुरको संयोजनमा थाहा नगरपालिकामा पहिलो पटक नमूना युवा नगरसभाको अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण कार्यक्रम आइतबारबाट सुरु भएको छ ।
थाहा नगरपालिकाको १२ वटै वडाहरुमा गठित वडा स्तरिय युवा क्लबका पदाधिकारी तथा सदस्यहरु सहभागी तालिम ४ दिन संचालन हुदै नमूना नगर सभा संचालन भएपश्चात समापन हुनेछ ।
कार्यक्रममा युवा निति, नेतृत्व, राज्यप्रणाली, नेतृत्व बिकाश, युवा मार्गदर्शन, नगरपरिषद, यसको संरचना लगायतका बिषयबस्तुमा प्रशिक्षण प्रदान गरिने जिल्ला युवा समितिका अध्यक्ष शिबहरि दाहालले जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले तालिममा युवा जीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, सूचनाको हक, नेपालमा युवा संसदको अवधारणा र अभ्यास, युवा क्लब र युवा क्लब गठन प्रक्रिया, स्थानिय योजना निर्माणका सात तहहरु र वस्तीस्तरको योजना निर्माणमा युवा क्लबको भूमिका, नगरसभा संचालन सम्बन्धी कार्यविधि तथा गाउँ/ नगर सभामा पालना गर्नुपर्ने नियमहरुका विषयमा पनि सहजीकरण गरिने जानकारी दिनुभयो ।
प्रशिक्षणमा थाहा नगरपालिकाका १२ वटै वडाका ४५ जना युवाहरुलाई राष्ट्रिय प्रशिक्षक मुना तिवारी र अशोक खनालले सहजीकरण गरिरहनु भएको छ ।
प्रशिक्षण कार्यक्रमको आज एक कार्यक्रमको बिच थाहा नगरपालिकाको नगर प्रमुख बिष्णु बिष्टले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा उपप्रमुख भरत गोपाली, १२ नं वडा अध्यक्ष टिकाराम सिन्तान, ६ नं वडा अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ, ९ नं वडा अध्यक्ष राजकुमार बलामी, जिल्ला युवा समितीका अध्यक्ष शिबहरि दाहाल, सामाजिक बिकास शाखाका प्रमुख अनिल लामिछाने, थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम थाहा नगरपालिका सामाजिक बिकास समितीका प्रमुख एवं थाहा नगरपालिका -११ का वडा अध्यक्ष दिनेश बलको अध्यक्षता भएको थियो ।