८ असार,हेटौंडा- हेटौंडाको विभिन्न क्षेत्रमा केही दिन पहिला देखि घरीघरी विद्युत जाने समस्याको केही दिन भित्रै समाधान हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
हेटौंडाको विभिन्न क्षेत्रहरुमा विद्युत गइरहने समस्याले उपभोक्ता आजित भइरहेको बारे राखिएको जिज्ञासामा विद्युत प्राधिकरण हेटौंडाका नरेन्द्र श्रेष्ठले अबका केही दिन भित्रै समस्याको समाधान हुने बताएका हुन् । श्रेष्ठका अनुसार विशेष गरि हेटौंडाको वंशगोपाल फिडरमा त्यस्तो समस्या रहेकाले समस्याको खोजी भइरहेको र समस्या पहिचानको नजिक पुगेकाले छिट्टै समाधान गरिने उनको भनाई छ ।
यसै सन्दर्भमा पटक-पटक विद्युत गइरहने समस्या कतै अघोषित लोडसेडिङ त हैन ? भन्ने जिज्ञासामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । अहिले विद्युत उत्पादन बढी भएर बिक्री गरिरहेका छौं, लोडसेडिङ गर्ने त कुरै हुन्न नी घिसिङले भने । हेटौंडाको विद्युत समस्याको विषयमा छिट्टै समाधानको खोजी गरि समाधान गरिने उनले बताए ।
मकवानपुरमा विद्युत अनियमित हुँदा उपभोक्ता आजित बनेका छन् । छिनछिनमा गइरहने विद्युतले उपभोक्ताको दैनिकी नै असहज बन्दै गएको छ । नेपाल बिधुत प्राधिकरण हेटौंडा शाखाका कर्मचारीहरुले भने हावा हुरीका कारण विद्युत अबरुद्ध हुने र बिधुतलाइन मर्मतको समयमा बिधुत बन्द भएको बताएका छन् ।
सम्वन्धित समाचार
Add A Comment