काठमाडौं । आकर्षक भाषणकलाका कारणले मात्रै होइन नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गराउने वैचारिक अगुवाका रुपमा पनि जननेता मदनकुमार भण्डारीको योगदानलाई इतिहासले स्मरण गरिरहेको छ । तीक्ष्ण क्षमता र बहुमुखी प्रतिभाका धनी जननेता भण्डारीलाई नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादकका रुपमा नयाँ पुस्ताले सम्मानभाव व्यक्त गरेको छ ।
मौलिक विचारसहित समकालीन कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पु¥याउने जननेता भण्डारीको ७१औँ जन्मजयन्ती (असार १४) का सन्दर्भमा लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतालाई आत्मसात् गर्दै कम्युनिष्ट पार्टीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्न, नेपालको विशिष्ट परिस्थितिअनुसार क्रान्तिको मौलिक बाटो र सिद्धान्तको विकास गर्न एवं प्रगतिशील राष्ट्रवादका आधारमा राष्ट्रिय हितको दृढ पक्षपोषण एवं राष्ट्रियताका पक्षमा अथक सङ्घर्ष गर्न नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता भण्डारीको देन विशिष्ट रहेको छ ।

भण्डारीले नेपाली भूराजनीतिक अवस्थालाई ध्यान दिँदै माक्सवाद–लेलिनवादको सिर्जनात्मक प्रयोगका रूपमा विसं २०४९ माघ (१४–२०) मा सम्पन्न पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको ‘जबज’ कम्युनिष्ट पार्टीको लोकतान्त्रिकीकरणका लागि पृथक र लोकप्रिय मानिन्छ । ‘जबज’लाई शान्तिपूर्ण र लोकतान्त्रिक पुँजीवादी क्रान्ति हुँदै समाजवादको लक्ष्यमा क्रमशः जाने प्रमुख आधारशीला मानिन्छ ।