• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

समाज लघुवित्तको आइपिओ भोलि बाँडफाँड गरिने

गोविन्द शर्मा तिमल्सिना२०७७ भाद्र १४ गते, आईतवार १६:२० 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

१४ भाद्र २०७७ , समाज लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आइपिओ) सोमबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार बाँडफाँट गर्ने जनाएको हाे।
“समाज लघुवित्त वित्तीय संस्थाको आइपिओ भोली दिउसो बाँडफाँट गरिनेछ,” सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिम्सिनाले भनेका छन् । प्राथमिक शेयर बाँडफाँट गर्नु तीन दिन अघि प्रि एलटमेन्ट गर्दै नियामक निकाय नेपाल धितोपित्र बोर्डलाई जानकारी दिनुपर्ने प्रावधान छ। सोही प्रावधान बमोजिम उसले सोमबार बाँडफाँट गर्ने भएको हो। क्यापिटलले शुक्रवार प्री एलटमेन्टको जानकारी दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। यस अघि क्यापिटलले शनिबार नै बाँडफाँट गर्ने तयारी गरेको थियो। तर, अघिल्लाे दिन रिलायन्सको शेयर बाँडफाँट भएको कारण बाँडफाँट सार्नु परेको थियो।

किनकि पछिल्लो सामय एकै पटक शेयर निष्काशन र बाँडफाँट नगराउन बाेर्डले निर्देशन दिएकाे छ। एकैचोटी शेयर निष्काशन र बाँडफाँट गर्दा मेरो शेयरमा बढी चाप पर्न गई वेबसाइट नै सुस्त हुने भएपछि निष्कासन र बाँडफाँटको रुटिङ अनुसार गर्न थालिएको ससडिएसीको भनाइ छ।

क्यापिटलले गरेको प्री एलटमेन्टमा आठ हजार ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन्। मागभन्दा बढी आवेदन परेपछि उनीहरूलाई गोलाप्रथाद्वारा शेयर बाँडफाँट गरिएको हो। निष्काशनमा योग्य आवेदक पाँच लाख ४७ हजार तीन सय ७० थिए।

लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात् जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरूका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात् ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो। बाँकी ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएकाे थियाे।
साभार : मेरोलगानी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

यौन दुर्व्यवहारमा कारबाही सिफारिस गरिएका एसएसपीले दिए राजीनामा

स्थानीय तहका कर्मचारीले थाले आन्दोलन

अनमोल केसीलाई आज अदालतमा उपस्थित गराइँदै

शेयर बजार राताम्मे

निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लियाे, आज रातिदेखि लागू हुने

दशैंको मुखैमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य,खाना पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि

Add A Comment

Leave A Reply

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.